मिस्टर बिस्टको अस्ट्रेलिया ‘गिभअवे’मा नेपालीले हात पारिन् मस्ट्याङ कार – Nepal Press

मिस्टर बिस्टको अस्ट्रेलिया ‘गिभअवे’मा नेपालीले हात पारिन् मस्ट्याङ कार

काठमाडौं । मिस्टर बिस्टको ‘गिभअवे’मा एक जना नेपालीले मस्टयाङ कार पाएकी छिन् । गत जुन २७ मा अस्ट्रेलियको सिड्नीमा भएको ‘गिभअवे’मा रस्मीता बस्नेतले मुस्ताङ कार पाएकी हुन् ।

मिस्टर बिस्टले जुन २३ का दिन अस्ट्रेलिया ‘फेस्टिभल चकलेट बार’ लन्च गरेका थिए । साथै एक ‘गिभअवे’ र कम्पिटिशन’ को घोषणा पनि गरेका थिए । जसमा मिस्टर बिस्टले लन्च गरेको चकलेट बार खरिद गर्दा निश्चित मानिसहरू बिस्टले ‘गिभअवे’ गर्ने गाडीहरूका लागि कम्पिटिशनमा भाग लिन पाउने थिए ।

उक्त कम्पिटिशनमा नेपालकी रस्मिता बस्नेत पनि परेकी थिइन् । ‘गिभअवे’मा छनोट भएका सबैलाई १० वटा खाली प्वालहरूमा केहि परबाट बल छिराउनु पर्थ्यो । १० खाली प्वालहरूमा १० वटा कारहरूका नाम लेखिएका थिए । छनोट भएका मानिसहरूले जुन खाली ठाउँमा बल छिराउन सफल भए त्यसलाई उक्त कार ‘गिभअवे’ गरिएको थियो ।
सोहि कम्पिटिशनमा भाग लिएकी रस्मिता बस्नेतले मस्ट्याङ नामक कार उल्लेख भएको प्वालमा बल छिराउन सफल भएकी थिइन् । बस्नेतलाई मिस्टर बिस्टले मस्ट्याङ कार उक्त दिन नै हस्तान्तरण गरिएको भिडियोमा देखाइएको छ ।

गत साताको बिहिबार सिड्नीको ओपेर हाउमा गरिएको ‘गिभअवे’ मस्ट्याङ आर स्पेस नामक कारको मूल्य १ लाख ५७ हजार ५७० अमेरिक डलर अर्थात् २ करोड ९३ लाख ६० हजार नेपाली रुपैयाँ हुन जान्छ ।

मिस्टर बिस्ट र उनको टिमले आधिकारिक रूपमा उक्त कार गिभअवेको भिडियो अथवा लिखित घोषणा गरेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर