मुकुल ढकालबारे डीपी- पार्टी अनुशासनबाट बाहिर कोही जान्छ भने कारबाही हुन्छ – Nepal Press

मुकुल ढकालबारे डीपी- पार्टी अनुशासनबाट बाहिर कोही जान्छ भने कारबाही हुन्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले पार्टीको अनुशासनबाट बाहिर जानेलाई कारबाही हुने बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी महामन्त्री डा. मुकुल ढकालबारे राखेको जिज्ञासामा अहिले केही पनि नभएको र महामन्त्रीलाई दिएको जिम्मेवारी सभापति रवि लामिछानेलाई बुझाएको र थप केन्द्रीय कमिटी बैठकले निर्णय लिने बताए ।

अर्यालले भने, ‘केही भएको छैन, उहाँलाई एउटा जिम्मेवारी दिइएको थियो । त्यो जिम्मेवारी पूरा गरेर फर्किनुभएको होला । त्यसकारणले पार्टी सभापतिज्युलाई बुझाउनुभएको छ । हामी बैठक बस्दैछौँ । पर्सिको बैठकबाट के गर्नुपर्ने हो, त्यो गर्छौं । पार्टीको अनुशासनबाट कोही बाहिर जान्छ भने त्यो कारबाही हुनसक्छ, त्यो मलाई पनि, उहाँलाई पनि, सभापतिलाई पनि सबैलाई लागू हुनेकुरा हो । हामीले प्रतिवेदन पढेका छैनौँ । पार्टी सभापति र लेख्ने मान्छेलाई मात्रै थाहा छ । त्यो हेरिसकेपछि मात्रै, छलफल गरिसकेपछि आफ्नो धारणा बनाउँछौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर