लुम्बिनीका मेसु ढकाललाई काममा रोक लगाउन सर्वोच्चको अल्पकालीन आदेश – Nepal Press

लुम्बिनीका मेसु ढकाललाई काममा रोक लगाउन सर्वोच्चको अल्पकालीन आदेश

रूपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेण्डेन डा. इन्द्र ढकालको नियुक्ति तत्कालका लागि रोक्न सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ ।

यसअघिका मेसु डा. विष्णु गौतमको निवेदनमा लुम्बिनी प्रदेश सरकारलाई विपक्षी बनाइएको उत्प्रेषणसमेत मुद्दामा न्यायधीश बिनोद शर्माको एकल इजलासले नियुक्तिपछिको सबै जिम्मेवारी आर्थिक र प्रशासन हेर्ने गरी गरिएको पत्राचार कार्यान्वन नगरी यथास्थितिमा राख्नु भन्दै प्रत्यर्थीको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको हो ।

डाक्टर गौतम ११ तहका हुन् भने डाक्टर ढकाल १० तहका हुन् । मेसुका लागि ११ तह आवश्यक हुने भन्दै गौतमले उनको नियुक्ति बदरको माग गर्दै अदालत गएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर