घटे नेपाल आउने पर्यटक – Nepal Press

घटे नेपाल आउने पर्यटक

काठमाडौं । जुन महिनामा नेपाल भित्रिने पयर्टकहरुको सङ्ख्या घटेको छ । नेपाल पर्यटन बोर्डका अनुसार जुन महिनामा नेपाल भित्रिने पर्यटकहरुको सङ्ख्या करिब १३ हजारले घटेको हो ।

सन् २०२४ को छैटौं महिना जुनमा ७६ हजार ७३६ पर्यटक नेपाल भित्रिए । मेमा भने ९० हजार २११ पर्यटक नेपाल घुम्न आएका थिए । जुन एक महिनापछि १३ हजार ४७५ ले घटेको छ । सन् २०२३ को जुन महिनामा ७२ हजार २१६ पयर्टक नेपाल भित्रिएका थिए ।

पर्यटन बोर्डका अनुसार जुन महिनामा सबैभन्दा बढी ३७ हजार ८३५ पर्यटक भारतबाट नेपाल भित्रिएका छन् । त्यस्तै अमेरिकाबाट ८ हजार २८१ पर्यटक नेपाल भित्रिएका छन् ।

सार्क राष्ट्रहरू भारत, पाकिस्तान, भूटान, बंगलादेश र श्रीलङ्काबाट ४३ हजार ३९१ पर्यटक नेपाल घुम्न आएका छन् । यो नेपाल भित्रिने कुल पर्यटकको ५६.५ प्रतिशत हो ।

त्यसैगरी एसियाका अन्य राष्ट्रहरू चीन, जापान, सिंगापुर, मलेसिया, दक्षिण कोरिया, म्यानमार र थाइल्याण्डबाट ११ हजार ५०१ पर्यटक नेपाल आएका छन् ।

युरोपेली राष्ट्रहरूबाट ५ हजार ६७३ पर्यटक नेपाल आएका छन् । अस्ट्रेलियाबाट १ हजार ५८९ र न्युजिल्याण्डबाट १६२ पर्यटक एक महिनामा नेपाल आएका छन् ।

कुन देशबाट कति पर्यटक नेपाल भित्रिए ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर