धनुषाको मठेश्वरनाथ मन्दिरको उत्खन्नमा आठौं-नवौं शताब्दीका लिच्छवीकालीन अवशेष फेला (भिडिओ) – Nepal Press

धनुषाको मठेश्वरनाथ मन्दिरको उत्खन्नमा आठौं-नवौं शताब्दीका लिच्छवीकालीन अवशेष फेला (भिडिओ)

काठमाडौं । जनककालीन ऐतिहासिक मठेश्वरनाथ मन्दिरको उत्खन्नमा आठौं/नवौं शताब्दीका लिच्छवीकालीन अवशेषहरु फेला परेका छन् ।

पुरातत्व विभागका पुरातत्व विदप्रकाश दर्नालसहित तीन सदस्य टोलीले असार ७ गतेदेखि सुरु गरेको सो प्राचीन मन्दिरको अवशेष उत्खननमा आठौं÷नवौं शताब्दीका लिच्छवीकालिन अवशेषहरु फेला परेका हु्न् ।

सबैला नगरपालिकाको वडा नं. ६ गोविन्दपुरस्थित जनककालि ऐतिहासिक मठेश्वरनाथ मन्दिरमा अहिलेसम्म दुई वटा पत्थर जोड्ने आइरन डावर, फलामको गोलो रिंग, मन्दिरको माथीको सरफेशमा भारतीय र नेपाली सिक्काका साथै पत्थरमा लिच्छवी शैलीको ‘माना’ अर्थ आउने अक्षर भेटिएको छ ।

पुरातत्वविद् प्रकाश दर्नालका अनुसार सोहि अक्षरको आधारमा मन्दिरको प्राचिनता पत्ता लगाउन सकिन्छ । लिपि विशेषज्ञलाई देखाएर वास्तविकता पत्ता लगाउने बताए ।

पुरातत्व विद् दर्नालले भग्नावशेष हेर्दा प्राचीन मन्दिरको स्वरुप देखिएको बताए । उनले उत्खननको क्रममा एउटा महत्वपूर्ण ढुङ्गा भेटिएको जानकारी दिए ।

स्थानीयका अनुसार पुरातत्व विभागले उत्खनन गरिरहेको स्थानमा मठेश्वरनाथ मन्दिर थियो । यस मन्दिरको बारेमा धार्मिक ग्रन्थ रामायणमा समेत जिकिर गरिएको पाइन्छ ।

सो मन्दिर मिथिलाका राजा जनकले निर्माण गर्नुभएको जनविश्वास छ । राजा जनकले मिथिलाको राजधानी जनकपुरधामको सम दूरीमा चारवटा मठ निर्माण गरेका थिए ।

महोत्तरीको जलेश्वरमा जलेश्वरनाथ, धनुषाको क्षीरेश्वरमा क्षीरेश्वरनाथ, धनुषाकै गोविन्दपुरमा मठेश्वरनाथ र भारत बिहार राज्यको काल्याणेश्वरमा कल्याणेश्वरनाथ मन्दिरको निर्माण गरेका थिए । त्यसमध्ये जलेश्वरनाथ, क्षीरेश्वरनाथ र कल्याणेश्वरनाथ मन्दिर आज पनि पूजापाठ हुन्छ भने मठेश्वरनाथ मन्दिरको केही भग्नावशेष मात्र बाँकी छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *