झलनाथको दस्तावेज- समाजवादको दिशामा अघि बढौं, दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौं (पूर्णपाठ) – Nepal Press

झलनाथको दस्तावेज- समाजवादको दिशामा अघि बढौं, दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौं (पूर्णपाठ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाली समाजवादी क्रान्तिको बाटो निर्धारण गर्नुका साथै क्रान्तिका रणनीतिक र कार्यनीतिक कार्यदिशाका बारेमा पनि प्रस्ट धारणा अघि सार्नुपर्ने बताएका छन् ।

पार्टीको जारी दशौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएको नेपाली विशेषताको समाजवादी नामक दस्तावेजमा उनले क्रान्तिकारी संघर्षको प्रवाहलाई उग्रवामपन्थी वा दक्षिणपन्थी दुवै भड्काउबाट रक्षा गर्दै सही दिशामा अघि बढाउन सकिने बताए ।

प्रतिवेदनमा भनिएको छ, ‘क्रान्तिको रणनीतिक प्रक्रिया र लक्ष्यबारेमा हामीले माथि पनि विश्लेषण गरिसकेका छौं । कम्युनिष्ट पार्टीलाई सुदृढ, सशक्त र राष्ट्रव्यापी बनाउनु, त्यसको नेतृत्वमा व्यापक संयुक्त मोर्चा बनाउनु, विविध रूपका संघर्षहरूमार्फत दलाल पूँजीवाद र तिनका राजनीतिक प्रतिनिधिहरूलाई सत्ताच्युत गर्नु र स्वतन्त्र समाजवादी गणतन्त्र नेपालको स्थापना गर्नु हाम्रो वर्तमान क्रान्तिको रणनीतिक कार्यदिशा हो । तर, त्यो रणनीतिक कार्यदिशालाई वा रणनीतिक लक्ष्यलाई कार्यान्वयन गर्न कहाँबाट सुरु गर्ने त ? हाम्रो प्रचार, सङ्गठन र संघर्ष कसका विरुद्ध कसरी सुरु गर्ने ? यो हाम्रो कार्यनीतिक कार्यदिशाको प्रश्न हो ।’

कम्युनिष्ट आन्दोलनका सवालमा अक्सर गल्ती हुने गरेको उल्लेख गर्दै सम्मानित नेता खनालले आन्दोलनमा दक्षिणपन्थी वा उग्र वामपन्थी प्रवृत्तिहरू प्रकट हुने गरेको बताएका छन् ।

दस्तावेजमा भनिएको छ, ‘प्रधान राजनीतिक अन्तर्विरोध निक्र्योल गर्नेवित्तिकै प्रमुख प्रतिद्वन्द्वी निर्धारण गर्ने प्रश्न अघि आउँछ । तर, हामीले प्रधान राजनीतिक अन्तर्विरोध ठीक ढङ्गले निर्धारण गरेका छौं भने प्रधान प्रतिद्वन्द्वी स्वतः स्पष्ट भैहाल्छ । हर अवस्थामा दलाल पूँजीवादको मुख्य प्रतिनिधि दक्षिणपन्थी प्रतिक्रियावादी शक्ति नै त्यस कालखण्डमा क्रान्तिकारी शक्तिको प्रतिद्वन्द्वी हो भन्ने कुरा छर्लङ्ग छ ।’

उनले समाजवादी क्रान्तिलाई अघि बढाइरहँदा रणनीतिक लक्ष्य र कार्यनीतिक लक्ष्यहरू निर्धारण गरेको उल्लेख गरेका छन् ।

सम्मानित नेता खनालले ‘दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौं, समाजवादको दिशामा दृढतापूर्वक अघि बढौं’ भन्ने कार्यनीतिक कार्यदिशाको अघि सारेका छन् ।


प्रतिक्रिया

One thought on “झलनाथको दस्तावेज- समाजवादको दिशामा अघि बढौं, दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौं (पूर्णपाठ)

  1. हिन्दु बिरोधी कम्युनिष्ट लाइ सखाप पारौ देश बचाऔ। यो झल्लु थरले मात्तरै बाहुन जस्तो हो । बाहुन को कर्तब्य हिन्दु मतको फैलावट र संरक्षण हो । मार्क्सबाद भिरेको यो झल्लु हिन्दु हरू बिरूद्ध को यो संबिधानमा हस्ताक्षर गर्ने नाइके हो। यसको बिनाश नै हामी हिन्दु को लागी राम्रो हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर