मन्त्रिपरिषद् बैठकमा प्रचण्डको ब्रिफिङ- बाहिर आएका हल्लामा सत्यता छैन, यो गठबन्धन लामै समय जान्छ (भिडि‌‌ओ) – Nepal Press

मन्त्रिपरिषद् बैठकमा प्रचण्डको ब्रिफिङ- बाहिर आएका हल्लामा सत्यता छैन, यो गठबन्धन लामै समय जान्छ (भिडि‌‌ओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठकमा सत्ता गठबन्धनमा असमझदारी बढ्यो भनेर बाहिर भएको चर्चामा कुनै सत्यता नभएको ब्रिफिङ गरेका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले बाहिर भएको चर्चाको विषयमा जानकारी गराएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

उनले भनिन्, ‘प्रधानमन्त्रीले बाहिर चर्चामा आएको विषयको ब्रिफिङ गर्नुभयो । ओली र प्रधानमन्त्रीको छलफल भएको छ । बाहिर असमझदारी बढ्यो भनेर आएका कुरा असत्य हुन् यो गठबन्धन लामै समय जाने जानकारी गराउनुभएको छ ।’

मन्त्री शर्माले अहिले राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा पनि कुनै छलफल नभएको जिकिर गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर