सरकार ढल्ने हल्ला मिडिया ट्रायलका रुपमा आयो : सञ्चारमन्त्री शर्मा (भिडि‌‌ओ) – Nepal Press

सरकार ढल्ने हल्ला मिडिया ट्रायलका रुपमा आयो : सञ्चारमन्त्री शर्मा (भिडि‌‌ओ)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएकी छन् ।

सोमबार मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् । उनले सञ्चारमाध्यममा असमझदारी भयो, गठबन्धन टुट्यो भन्ने जस्ता समाचारमा सत्यता नरहेको स्पष्ट पारिन् ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच सकारात्मक छलफल भएको बताउँदै वर्तमान गठबन्धन लामो समय चल्ने बताइन् । उनले सञ्चारमाध्यममा मिडिया ट्रायलका रुपमा वर्तमान सरकार ढल्यो भन्ने हल्ला फिँजाइएको बताइन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर