नाउपाका मन्त्री चौधरीलेले भने- यो विधि होइन, कसैले भन्दैमा सरकारबाट फिर्ता हुँदैनौ – Nepal Press

नाउपाका मन्त्री चौधरीलेले भने- यो विधि होइन, कसैले भन्दैमा सरकारबाट फिर्ता हुँदैनौ

कैलाली । नागरिक उन्मुक्ति पार्टी नाउपाबाट मन्त्री कैलाश चौधरीले कसैले भन्दैमा आफू सरकारबाट बाहिर आउने कुरा नहुने बताएका छन् ।

संसदीय दलका नेता घनश्याम चौधरीले नाउपाका कैलाश चौधरी र टिका थापालाई सरकारबाट फिर्ता हुन भन्दै पत्र पठाएपछि उनले यसरी आफूहरु फिर्ता नहुने बताए । उनले आफूहरुलाई पार्टीले सरकारमा पठाएको भन्दै पार्टीले नभन्दै सरकारबाट बाहिर नआउने बताए ।

‘कसैले भन्दैमा फिर्ता आउने कुरा हुँदैन’, उनले भने, ‘जसले पठाएकै होइन अनि फिर्ता आऊ भन्न मिल्छ । पार्टीले भन्नुपर्ला नि ?’

कैलाश चौधरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय टीका थापाले कृषि तथा भूमि सुधार मन्त्रालयको जिम्मा पाएका छन् । तत्काल फिर्ता नहुने चौधरीले अडान लिए ।

उनले विधि र प्रक्रियाअनुसार आफूहरु अगाडि बढेको भन्दै अहिले आफ्नै पार्टीमा विधिअनुसार अगाडि बढ्न दबाब दिइरहेको बताए ।

सुदूरपश्चिममा नाउपामा दलको नेताको विवाद अझै यथावत् छ । यहाँ घनश्याम चौधरी र कैलाश चौधरी दुवैले दलको नेता दाबी गरेका छन् ।

दुई मन्त्री फिर्ता हुन पत्र पठाएपछि नाउपामा फेरि तरङ्ग पैदा भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर