धितोपत्र बोर्डको अध्यक्ष छान्न पहिलेकै समितिलाई मन्त्रिपरिषदले जगायो – Nepal Press

धितोपत्र बोर्डको अध्यक्ष छान्न पहिलेकै समितिलाई मन्त्रिपरिषदले जगायो

काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्ष चयन गर्न यसअघिकै सदस्यहरु रहेको समिति गठन गरेको छ । मन्त्रिपरिषदको बैठकले बोर्ड अध्यक्ष छान्न सो समिति गठन गरेको हो ।

राष्ट्रिय योजना आयागका उपाध्यक्ष मिनवहादुर श्रेष्ठको अध्यक्षतामा गठित समितिमा अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र प्राध्यापक उदय निरौला सदस्य छन् । यसअघि पनि सोही समितिले काम गरेको थियो । आवेदक ५ जनामध्ये ३ जना अन्तर्वार्तामा नआएपछि छनौट प्रक्रिया रद्द भएको थियो ।

नवगठित समितिले मंगलवारबाटै काम गर्ने बताइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर