महान‍गरका सामुदायिक विद्यालयको एसईई उत्तीर्ण ७८ प्रतिशतः विश्व निकेतन बन्यो देशभरमै धेरै विद्यार्थीले ४ जीपीए ल्याउने विद्यालय – Nepal Press

महान‍गरका सामुदायिक विद्यालयको एसईई उत्तीर्ण ७८ प्रतिशतः विश्व निकेतन बन्यो देशभरमै धेरै विद्यार्थीले ४ जीपीए ल्याउने विद्यालय

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयहरुबाट २०८० सालको एसईई परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ५४५ जना (१३.७७ प्रतिशत) विद्यार्थीले ३.६१ देखि ४ जीपीए प्राप्त गरेको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिएका छन् । गएको वर्ष १५० जना (३.८३ प्रतिशत) विद्यार्थीले यो नतिजा प्राप्त गरेका थिए । यसरी हेर्दा गएको वर्षभन्दा यसमा वर्ष २५९ प्रतिशतले सुधार आएको छ ।

५८ वटा सामुदायिक विद्यालयबाट यस वर्ष ३ हजार ९५९ जना विद्यार्थीले परीक्षाका लागि आवेदन दिएका थिए । कूल परीक्षार्थीमध्ये ३ हजार ८६ जना (७८ प्रतिशत) उत्तीर्ण भएका छन् । ८७३ जना (२२%) ले पुनः परीक्षा दिनुपर्ने भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *