नियमावली संशोधन गरेर विपद् प्राधिकरणका कार्यकारी प्रमुखको तलब ७२ हजार तोकियो – Nepal Press

नियमावली संशोधन गरेर विपद् प्राधिकरणका कार्यकारी प्रमुखको तलब ७२ हजार तोकियो

काठमाडौं । गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखको तलब नियमावली संशोधनमार्फत तोकिएको छ ।

‘विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, २०७६’ को नियम ५ मा ‘क’ र ‘ख’ बुदाँ थप गर्नुका साथै कार्यकारी प्रमुखको पारिश्रमिक र सुविधा अनुसूची १ थप गरेर ७२ हजार ८२ तोकिएको हो ।

संशोधित नियमावली अनुसार कार्यकारी प्रमुखले मासिक पारिश्रमिक ७२ हजार ८२ रुपैयाँ पाउनेछन् भने सञ्चार खर्च (टेलिफोन) खर्च २ हजार, इन्धन सुविधा अन्तरगत इन्धन १२५ लिटर मासिक तथा त्रैमासिक रुपमा मोबिल ५ लिटर प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

यस्तै महंगी भत्ता २ हजार, पोसाक भत्ता १० हजार, चाडपर्व खर्च वार्षिक ७२ हजार ८२ रुपैयाँ, दैनीक भ्रमण भत्ता स्वेदशको लागि २ हजार ५ सय र विदेशको लागि २२५ अमेरिकि डलर तथा यात्रा बिमा पटके प्रचलित कानून बमोजिम १० लाख रुपैयाँ बराबरको प्रिमियम खर्च उपलब्ध गराइने छ । यस अघि सरकारले तोके अनुसार हुने भने अनुसार मन्त्रिपरिषद् बैठकले मासिक पारिश्रमिक तोकेर उपलब्ध गराइदैँ आएको थियो ।

नियमावलीमा नै कार्यकारी प्रमुखले भैपरी आउने र पर्व बिदा, बिरामी बिदा, किरिया बिदा, प्रसुति बिदा तथा कार्यकारी प्रमुखले प्रत्येक वर्षमा ६ दिन भैपरी आउने बिदा र ६ दिन पर्व विवदा लिन पाउने व्यवस्था गरिएको छ ।

यस्तै कार्यकारी प्रमुख बिरामी परेको अवस्थामा प्रत्येक वर्ष ६ दिन बिरामी बिदा लिन पाउनेछ भने कार्यकारी प्रमुखको बाबु, आमा, पति, पत्नी, छोरा वा छोरीको मृत्यु भएमा वा निज आफैले किरिया बस्नु परेमा १५ दिन किरिया बिदा लिन पाउनेछ ।

यस्तै कार्यकारी प्रमुख सुत्केरी हुने भएमा सुत्केरीको अघिपछि गरी ९८ दिन प्रसुति बिदा लिन पाउनेछ भने उक्त बिदाको अवधिमा पूरा तलब पाइनेछ र त्यस्तो बिदा अर्को वर्ष सञ्चित हुनेछैन । भैपरी आउने र पर्व बिदा कार्यकारी प्रमुख आफैले स्वीकृत गरी लिन सक्नेछ र त्यस बोहक अन्य बिदा बस्नु परेमा गृह मन्त्रालयको सचिवबाट सव्ीकृत गराउनुपर्नेछ । कार्यकारी प्रमुखले स्वदेश वा विदेशमा भ्रमणमा जानुपर्दा मन्त्रालयको सचिवबाट भ्रमण आदेश स्वीकृत गराउनुपर्नेछ ।

मन्त्रालयले नियमावलीको नियम ५ क मा प्राधिकरणका कार्यकारी प्रमुखको काम, कर्तव्य र अधिकार पनि तोकेको छ । जसमा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनसम्बन्धी योजना तथा कार्यक्रम तयार गरी कार्यकारी समिति समक्ष पेश गर्ने, विपद् व्यवस्थापनका लागि प्राप्त स्रोत, साधान, जनशक्ति, सहयोग तथा सहायता परिचालन गर्ने गराउने व्यवस्था गरिएको छ ।

यस्तै भौतिक संरचनाको निर्माण गर्दा विपद् प्रतिरोधी संरचना निर्माणका लागि आवश्यक समन्वय गर्ने, आफुले सम्पादन गरेका काम कारबाहीको विवरण नियमित रुपमा मन्त्रालयललाई उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

साथै कार्यकारी समितिको निर्णय बमोजिम भूकम्प तथा अन्य विपद्बाट ठुलो संख्यामा क्षतिग्रस्त संरचनाको प्रबलीकरण, पुननिर्माण वा प्र्नस्थापना गर्न संघीय निकाय, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय र सहकार्य गर्ने तथा परिषद् वा कार्यकारी समितिले तोके बमोजिमका कार्य गर्ने रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *