मकवानपुरमा विद्यार्थीमाथि यौन हिंसा गरेको आरोपमा शिक्षक पक्राउ – Nepal Press

मकवानपुरमा विद्यार्थीमाथि यौन हिंसा गरेको आरोपमा शिक्षक पक्राउ

हेटौंडा । मकवानपुरमा आफ्नै विद्यालयमा अध्यनरत छात्रामाथि यौनजन्य हिंसा गरेको आरोपमा एकजना शिक्षकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ ।

पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर -३ स्थित महेन्द्रज्योति माविमा अध्ययनरत एकजना छात्रामाथि  यौनजन्य हिंसा आरोपमा पिडित विद्यार्थीले निवेदन दिएपछि प्रहरीले उक्त विद्यालयमा कार्यरत शिक्षक दिनेश उप्रेतीलाइ पक्राउ गरेको हो ।

सोमबार बिहान एसइईको रिजल्टको समीक्षा गरिरहेको समयमा पीडित विधार्थी सहित अविभावकको उपस्तिथिमा प्रहरीले शिक्षक उप्रेतीलाइ पक्राउ गरेको हो ।

पीडित छात्राले पटक-पटक आफूलाई शिक्षक उप्रेतीले  गलत आशयसहित हिंसा गरेको भन्दै प्रहरीमा निवेदन दिएपछि नेवारपानी प्रहरी चौकीबाट पुगेका प्रहरीले उनलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय हेटौंडा ल्याएको छ ।

पीडित छात्राको निवेदनको आधारमा आफूहरुले शिक्षकलाई हिरासतमा ल्याएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *