रोल्पा जीप दुर्घटना अपडेटः ७ जनाको मृत्यु, ७ जना घाइते – Nepal Press

रोल्पा जीप दुर्घटना अपडेटः ७ जनाको मृत्यु, ७ जना घाइते

रुपन्देही । रोल्पाको पश्चिम तालाबाङ परेवा छहरामा सोमबार भएको जीप दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । दिउँसो ४ बजे लु १ ज ३२५२ नम्बरको जिप माडी गाउँपालिका(३ परेवा छहरा नजिकै सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।

सो घटनामा परेर ५ जनाको घटनास्थलमै र २ जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्तीले नेपाल प्रेसलाई बताए ।

उनका अनुसार अहिले पनि पानी परिरहेकाले सबै घाइतेलाई अस्पताल पुराउन सकिएको छैन । जिल्ला प्रहरी कार्यालयका अनुसार माडी गाउँपालिका २ घर्तिगाउँ बजारबाट तालावाङ जाँदै गरेको जिप दुर्घटना भएको थियो ।

घटनापछि घर्तीगाउँको प्रहरी उद्दारका लागि पुगेको थियो । सो चौकीका इन्चार्ज कृष्ण सोनीले घटनास्थलबाट सबैलाई उद्दार गरेर पठाएको तर सबै मृतकको संख्या अस्पतालले मात्रै प्रमाणित गर्ने बताए ।

प्रहरीका अनुसार मृतकको सनाखत भइसकेको छैन। दुर्घटनास्थल सदरमुकाम लिबाङबाट करिब ३५ किलोमिटर पश्चिम पर्दछ। घटनापछि पनि निरन्तर पानी परिरहेकाले समयमा उद्दार हुन नसकेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *