फ्रि भिसा फ्रि टिकटमा विदेश पठाउने विषयको पुनर्विचार गर्नुपर्छः व्यवसायी – Nepal Press

फ्रि भिसा फ्रि टिकटमा विदेश पठाउने विषयको पुनर्विचार गर्नुपर्छः व्यवसायी

एक अर्बभन्दा धेरै पैसा गैरबैंकिङ च्यानलबाट आएको छ : मन्त्री अर्याल

काठमाडौं । मेनपावर व्यवसायीले फ्रि भिसा फ्रि टिकटमा विदेश पठाउने विषयमा अब सरकारले पुनर्विचार गर्नु पर्ने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३०औं वार्षिक साधारणसभा तथा ३२औं स्थापना दिवसको कार्याक्रममा व्यवसायीले फ्रि भिसा फ्रि टिकटको विषयमा सरकारले पुनरविचार गर्नुे पर्ने बताएका हुन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ अध्यक्ष राजेन्द्र भण्डारीले ५८ लाख विदेश नेपाली विदेश गएका र त्यस मध्ये करिब ३८ लाख नेपाल फर्किएका बताए ।

उनले भने, ‘वैदेशिक रोजगारीमा फ्रि भिषा र फ्रि टिकटमा विदेश पठाउने विषयलाई सरकारले पुनरविचार गर्नु पर्यो । निशुल्कभन्दा पनि वैज्ञानिक तरिकाले वैदेशिक रोजगारीमा जानेहरुको शुल्क निर्धारण गरौं । यसो गर्दा अहिले तुलनामा वैदेशिक रोजगारीको क्षेत्रबाट ५ गुणा राजस्व उठ्छ । मागपत्र प्रमाणीकरण नहुदा बेथिति बढेको छ । सरकराले यि कुरामा पनि ध्यान दिनुपर्छ । जापान, इजलास र कोरिया बाहेकका देशमा व्यवसायीलाई पनि रोजगारीका लागि कामदार पठाउन दिनुपर्यो । कन्सटेन्सीलगायतले अवैध तरिकाले वैदेशी रोजगारीमा कामदार पठाइरहेका छन । त्यो रोक्नु पर्यो ।

संघका तत्कालिन अध्यक्ष तथा संसाद एलपीसाँव लिम्बुले विदेश रोजगारीका लागि जाने प्रचलन विश्व भर नै रहेको बताए ।

उनले भने, ‘विश्व भरका मान्छेहरु रोजगारीका लागि विभिन्न देश जाने गरेका छन । ११ सय ९ अर्ब रेमिटेन्स विश्वभर नै घुमिरेको छ । भारतबाट सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जाने गरका छन । त्यहाँ १४८ खर्ब रेमिटेन्स आउदो रहेछ ।’

श्रम, रोजगार तथा सामाजि सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले राज्यले व्यवसाय गर्न अनुमती दिएपछि काम गर्ने सहज हुने वातावारण निर्माण गनुृ पर्ने बताए ।

उनले भने, ‘संघ स्थापना भएको ३२ वर्ष हुँदा पनि किन यो पेसा यस्तो अवस्थामा रहयो ? यो व्यवसायलाई मर्यादादित बनाउन पर्छ । अब वैदेशिक रोजगारीमा जानेहरुका लागि भैरहवा र पोखराको विमानस्थल प्रयोगमा ल्याउनु पर्यो । यसका लागि व्यवसायीले पनि सहयोग गर्नु पर्छ । २ सय १ अर्ब पैसा बैकभन्दा बाहिरबाट उठाएको कुरा आएको छ । यो कुरा व्यवसायीहरुले नै भन्दै आएका छन । सबै मिलेर यो व्यवसायलाई मर्यादित बनौं । माइग्रेसन विश्वभर नै हुने गर्छ । यसलाई रोक्न सकिदैन र रोक्न आवश्यक पनि छैन ।’

मेनपावर व्यवसायीलाई किन नसमाएको भनेर प्रश्न आइरहने गरेको छ । तर, आफु कानुनी रुपमा नै सुधार गर्ने र अवैध बाटोबाट आएको पैसा रोक्ने गरी काम गरिरहेको मन्त्री अर्यालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर