कोस्टा नायक भएको खेलमा पोर्चुगल विजयी – Nepal Press

कोस्टा नायक भएको खेलमा पोर्चुगल विजयी

काठमाडौं । पुर्चुगलका गोलरक्षक डिओगो कोस्टाले टाइब्रेकरमा ३ पेनाल्टी बचाउँदै नायकीय प्रस्तुति दिएपछि पोर्चुगल स्लोभेनियालाई हराउँदै युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलको पूरा समय र अतिरिक्त समय (३० मिनेट) मा कुनै गोल नभएपछि भएको टाइब्रेकरमा पोर्चुगिज गोलकिपर कोस्टाले सानदार बचाउ गरेपछि पोर्चुगलको क्वाटरफाइनल यात्रा तय भएको हो ।

निर्धारित समयमा पोर्चुगलले पाएको पेनाल्टीलाई स्टार खेलाडी कृष्टियानो रोनाल्डोले गोल गर्न सकेनन् । निर्धारित समयको इन्ज्युरी टाइममा पाएको पेनाल्टी सदुपयोग नभएपछि खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा पुगेको थियो ।

जहाँ पोर्चुगलका रोनाल्डो सहित ब्रुनो फर्नान्डेस र बर्नार्डो सिल्भाले गोल गर्दा स्लोभानियाको तर्बबाट प्रहार भएको तीन पेनाल्टीलाई पोर्चुगलका गोल रक्षक कोस्टाले बचाउ गर्दै आफ्नो टिमलाइ जिताए । पोर्चुगलले अब क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *