प्रचण्डको ब्रिफिङ- गठबन्धन जोगाउन हाम्रै समर्थनमा प्रधानमन्त्री बन्नुस् भन्दा ओलीजीले मान्नुभएन – Nepal Press

प्रचण्डको ब्रिफिङ- गठबन्धन जोगाउन हाम्रै समर्थनमा प्रधानमन्त्री बन्नुस् भन्दा ओलीजीले मान्नुभएन

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसबीच मिलेर सरकार बनाउने सहमति भएपछि प्रधानमन्त्री प्रचण्ड पार्टीका नेताहरुसँग आन्तरिक छलफल जुटेका छन्।

हिजोको भेटमा ओलीलाई आफूले प्रधानमन्त्री बन्ने भए यही गठबन्धनबाट बन्नुस् भन्दा नमानेको पार्टीका नेताहरुसँग ब्रिफिङ गरेका हुन्।

प्रचण्डको भनाइ उदृत गर्दै सचिव दिनानाथ शर्माले भने, ‘ओलीजीलाई यही गठबन्धनबाट अध्यक्षले प्रधानमन्त्री आफैं हुनुस् भन्नुभएको थियो। हाम्रै समर्थनमा बन्नुस् भन्दा म कांग्रेससँग मिलेर जान्छु भन्नुभयो।’

हिजो बेलुकासम्म ओलीले प्रधानमन्त्रीलाई गठबन्धन टुट्दैन भन्नेमा विश्वास दिलाएर फर्केको उनले सुनाए।

‘ओलीलाई प्रधानमन्त्री दिएर भएपनि जोेगाउनुपर्छ भन्नमा हुनुहुन्थ्यो। ओलीजीले राति १२ बजे सहमति गर्नुभयो। यो राजनीतिक अस्थिरता बढाउने खेल हो’ सचिव शर्माले भने।


प्रतिक्रिया

2 thoughts on “प्रचण्डको ब्रिफिङ- गठबन्धन जोगाउन हाम्रै समर्थनमा प्रधानमन्त्री बन्नुस् भन्दा ओलीजीले मान्नुभएन

  1. शासकीय स्वरूप परिवर्तन र जनताको जनजिविकाको पक्षमा काम हुन्छ र यसको ग्यारेन्टी भए मात्र नयाँ सरकारको विषयमा बहस हुनसक्छ नत्र नयाँ सिसिमा पुरानै रक्सी जस्तै हो ।

  2. तिमी समाजबादी-मार्क्सबादी-कम्युनिष्ट-बामपन्थी सबै ध्वस्त हुन जरूरी छ, देशको पहिचान पुन्स्थापित हुनको लागी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर