एमालेका मन्त्रीहरूले राजीनामा दिँदै, मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई सुझाव – Nepal Press

एमालेका मन्त्रीहरूले राजीनामा दिँदै, मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई सुझाव

काठमाडौं । नयाँ सत्ता सहकार्यका लागि नेपाली कांग्रेससँग सहमति गरेसँगै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ ।

केहीबेरमै मन्त्रीहरूले राजीनामा बुझाउने गरी तयारी भइरहेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले नेपाल प्रेसलाई बताए ।

प्रचण्ड सरकारमा उपप्रधा तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको नेतृत्वमा एमालेका ८ जना मन्त्री छन् ।

गएको मध्यराति देउवा(ओलीसहित बसेर नयाँ सरकार गठनका लागि सहमति भइसकेको छ ।

नयाँ कोर्ष अघि बढिसकेकोले समर्थन फिर्तादेखि राजीनामासम्मका सबै काममा विलम्ब नगरिने बर्तौलाले बताए ।

उनले भने, ‘प्रक्रियामा जे-जे गर्नुपर्ने हो ढिला हुँदैन । प्रधानमन्त्रीज्यूले मार्गप्रशस्त गर्नुहुनेछ भन्ने आशा छ ।’

एमालेसँग भएको सहमतिबारे पार्टी पंक्तिमा औपचारिक जानकारी गराउन कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । रास्वपा र माओवादीले पनि सचिवालय र पदाधिकारी बैठक बोलाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर