त्रिभुवन विमानस्थल परिसरमा ट्याक्सीसँग ठोक्कियो कार, एकजना गम्भीर घाइते – Nepal Press

त्रिभुवन विमानस्थल परिसरमा ट्याक्सीसँग ठोक्कियो कार, एकजना गम्भीर घाइते

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सडकमा कार दुर्घटना भएको छ ।

बिहान ८ बजे विमानस्थलका डिपाचरतर्फको सडकमा कार दुर्घटना भएको हो । दुर्घटना एक जना घाइते भएको ट्राफिक प्रहरीका प्रवक्ता जीवन कुमार श्रेष्ठले बताए । घाइतेको अवस्था गम्भीर रहेको उनले बताए ।

घाइतेको परिचय नखोलेको उनले बताए । ‘उक्त कारले अर्को ट्याक्सीलाई ठक्कर दिएर फेरि भित्तामा ठक्कर खान पुगेको हो । घाइतेको अवस्था गम्भीर रहेको छ । विस्तुत विवरण आउन बाँकी छ । ’

उनका अनुसार विपरित दिशाबाट आएर टर्निङ मोड्न खोज्न दुर्घटना भएको हो । त्यो सडक एकतर्फीमात्र बनाइएको छ । तर उक्त कार नियम मिचेर एकतर्फी सडकतर्फ आउन खोज्दा विपरित दिशाबाट आइरहेको ट्याक््सीसँग ठक्कर खान पुगेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर