एमालेले बोलायो सचिवालय बैठक – Nepal Press

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । दिउँसो ३ बजेलाई बैठक तय भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेपाल प्रेसलाई जानकारी दिए ।

नेपाली कांग्रेससँग नयाँ सरकार गठनलगायतका विषयमा भएको सहमति कार्यान्वयन बैठकको मुख्य एजेण्डा रहेको छ । कांग्रेससँगको सहमतिलाई बैठकमा औपचारिक रूपमा प्रवेश गराउन र भावी योजना बनाउन बैठक बोलाइएको गौतमले बताए ।

सोमबार मध्यराति एमाले र कांग्रेस नेतृत्वबीच सत्ता सहकार्य, संविधान संशोधनलगायतका विषयमा सहमति भएपछि राजनीतिको कोर्ष फेरिएको छ ।

एमाले-कांग्रेस सत्ता सहकार्यका लागि मिलेसँगै माओवादी, रास्वपाले पनि रणनीति बनाउन बैठक डाकेका छन् । यही मेसोमा कांग्रेस पदाधिकारी बैठक पनि केहीबेरमा बस्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर