प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा – Nepal Press

प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

काठमाडौं । मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवासँग लिखित सहमति गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई पछिल्लो राजनीतिक परिस्थितिबारे जानकारी गराउन र मार्ग प्रशस्त गर्न सुझाव दिनका लागि ओली बालुवाटार पुगेको बताइएको छ ।

यसअघि प्रधानमन्त्री र अध्यक्ष ओलीबीच सोमवार पनि २ घण्टाभन्दा बढी छलफल भएको थियो । सो छलफलमा आफूले ओलीलाई अहिलेकै गठबन्धनबाट प्रधानमन्त्री बन्न गरेको आग्रह अश्वीकार गरेको जानकारी प्रचण्डले पार्टीका नेताहरुलाई गराएका छन् ।

बालुवाटारमा अहिले माओवादी केन्द्रको पदाधिकारी बैठक समेत बस्दैछ । कांग्रेस र एमालेबीचको पछिल्लो सहमतिपछिको कदमबारे छलफल गर्न प्रचण्डले पदाधिकारी बैठक बोलाएका हुन् ।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

  1. अाखिरि नेपाली राजनीति मा बिश्वास काे खडेरी नपरेको कहिले पाे हाे र! किन तेति सजिलोसँग राजिनामा गर्ने पर्चण्डले; फेरि एक पटक बिश्वास काे मत काे लागि बैठक अाब्हान गर्नु नितान्त राम्रो हुने हाम्रो अाकलन हाे।अाखिरि यो देशको भाेलि हुनेवाला पर्धानमन्त्रि केपि र सेरबहादुर हरु कुन चाहिँ शुद्ध दुधले नुहाएका इमानदार पात्र हुन र ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर