संविधान संशोधनमा सहमत हुने दलहरुलाई ओली नेतृत्वको राष्ट्रिय सरकारमा समावेश गरिने – Nepal Press

संविधान संशोधनमा सहमत हुने दलहरुलाई ओली नेतृत्वको राष्ट्रिय सरकारमा समावेश गरिने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी शर्मा ओली नेतृत्वको राष्ट्रिय सरकारमा अन्य दललाई पनि समावेश गर्ने बताएका छन् ।

कांग्रेस र एमालेबीच सहमति प्रक्रियामा शुरुदेखि काम गरेका महासचिव पोखरेलले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने समेत खुलाएका छन् ।

महासचिव पोखरेलले सामाजिक संजालबाट सहमतिको बारेमा जानकारी दिँदै यस प्रक्रियामा सहमत हुने दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गर्ने बताएका हुन् ।

पोखरेलले भनेका छन्–राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानून समेत निर्माणगर्ने गरी केपीशर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा समझदारी । यस प्रकृयामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरिने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर