कांग्रेसले भन्यो- राजनीतिक स्थायित्व र संविधान संशाेधनका लागि राष्ट्रिय सहमतिको सरकार (भिडिओ) – Nepal Press

कांग्रेसले भन्यो- राजनीतिक स्थायित्व र संविधान संशाेधनका लागि राष्ट्रिय सहमतिको सरकार (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले राजनीतिक स्थायित्व,आर्थिक स्थिति सुधार र संविधानमा आवश्यक संशोधन गर्नका लागि एमालेसँग सहमति गरिएको जनाएको छ ।

एमालेसँग सहमतिपछि सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रिय सहमतिका साथ संविधान कार्यन्वयनका क्रममा देखिएका समस्या समाधान गर्न संशोधन प्रक्रियामा जाने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा.प्रकाश शरण महतले केपी शर्मा ओली र शेरबहादुर देउवाले आलोपालो सरकारको नेतृत्व गर्ने र अन्य दललाई पनि समावेश गरिने बताए ।

उनको थप भनाइः
अहिलेसम्मको अनुभवका आधारमा संविधानमा आवश्यक संसोधनका लागि राष्ट्रिय सहमति निर्माण गर्ने हिसाबले दुई दलको बीचमा सँगै अगाडि बढ्ने र आवश्यकता अनुसार अरु दललाई पनि समावेश गर्ने भनेर राष्ट्रिय सहमतिकै सरकारको नाम दिइएको छ । नेतृत्व आलोपालो हुन्छ निर्वाचनसम्म । त्यसमा अरु दललाई संलग्न गर्न सकिन्छ । वृहत्तर राष्ट्रिय हितमा समझदारी बनेको छ । लिखित समझदारीमा नेतृत्व आलोपालो गर्ने मात्र छ । एकपटक ओलीजीले र अर्कोपटक शेरबहादुरजीले गर्नुहुन्छ । लोकतन्त्र र संविधान नै खतरामा परेको अवस्थामा प्रथम र दोस्रो दल एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकता बनेको हो । सत्तामा जसरी पनि जानुपर्छ भन्ने मान्यताभन्दा माथि उठेर यो समझदारी गरिएको छ ।

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिएमा के हुन्छ भन्ने पत्रकारको प्रश्नमा डा.महतले सबैभन्दा ठूलो दलले समर्थन फिर्ता लिइसकेपछि नेतृत्व आफैंले बुझ्नुपर्ने बताए । हिजो सञ्चारमाध्यममा पार्टी सभापति र एमाले अध्यक्ष राष्ट्रपतिकोमा पुगेको भनि प्रकाशित समाचार असत्य भएको उनले बताए ।

पार्टी कार्यसम्पादन समितिको बैठक भोली ९ बजे बसेर समझदारी अनुमोदन गर्ने डा. महतले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *