कांग्रेस-एमाले सहकार्यलाई सेयर बजारको ग्रीन सिग्नल, सर्किट ब्रेकपछि २० मिनेटलाई बन्द – Nepal Press

कांग्रेस-एमाले सहकार्यलाई सेयर बजारको ग्रीन सिग्नल, सर्किट ब्रेकपछि २० मिनेटलाई बन्द

काठमाडौं । आज प्रि ओपन सेसनमै नेपाल स्टक एक्सचेन्ज नेप्से ३२.४४ अंकले बढेको छ । मंगलबार सेयरबजार खुल्नुअघिको प्रिओपन सेसनमा ३२.४४ अंकले बढेर २०८५ बिन्दुमा अएको हो ।

आजको प्रि अ‍ेपन सेसनमा १७८ कम्पनीको ६५ हजार ३३२ कित्ता सेयरको खरिदबिक्री हुँदा २ करोड ४४ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ ।

यसैबीच सेयबजार खुलेको एक मिनेटमै सर्किट ब्रेक लागेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज खुलेको एक मिनेटमै ८२.४८ अंकले बढेर २० मिनेटका लागि बन्द भएको हो । आज बिहान ११ बजेर १ मिनेटमै नेप्से परिसूचक ४.०१ प्रतिशतले बढेर सर्किट ब्रेक लगेको हो ।

राजनीतिक स्थिरताको उद्देश्यसहित मुलुकका प्रमुख दुई ठूला दल कांग्रेस-एमालेबीचको सहमतिसँगै नेप्सेले सुधारको संकेत देखाएको विश्लेषण गरिएको छ ।

शेयरबजारमा एक घण्टाअघि ४ प्रतिशतले बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ र ६ प्रतिशतले बढेमा दिनभरीको कारोबारमा ब्रेक लाग्ने गर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर