नयाँ गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय (भिडिओ) – Nepal Press

नयाँ गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय (भिडिओ)

नयाँ सरकार गठन प्रक्रिया सुरु भएपछि मन्त्रीहरु फिर्ता बोलाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस र एमालेको नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले अब यो सरकारबाट पार्टी बहिर्गमन हुने निर्णय पनि लिएको छ ।

अर्को सरकार बन्ने प्रक्रिया सुरु भएपछि मन्त्रीहरू फिर्ता बोलाउने बैठकपछि पार्टीका सचेतक सन्तोष परियारले बताए ।

उनले भने, ‘घटना अगाडि बढिसकेपछि हामी अब बन्ने गठबन्धनमा रहँदैनौँ । नयाँ सरकार बन्ने प्रक्रिया अगाडि बढ्ने बित्तिकै हामी यो सरकारबाट बहिर्गमित हुनेछौं ।’

परियारले यो गठबन्धन देश हितमा नरहेको र राजनीतिक स्थायित्व दिने विश्वास पनि नरहेको उल्लेख गरे । दुईवटा ठूला शक्तिहरू सँगै सरकारमा रहनु लोकतान्त्रिक संस्कार नहुने उनको टिप्पणी छ ।

‘हामीले गृह प्रशासनबाट सुशासनका लागि नेतृत्वदायी भूमिका निर्वाह भइरहेको थियो । हामीले जे जसरी काम गरिरहेका थियौँ, त्यो पनि यो विकसित घटनाक्रमको एउटा कारण हुन सक्छ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *