ओली ‘चीनको गुलाम’ भन्दै भारतीय अखबारमा सत्ता गठबन्धनको खबर : कसले के लेखे ? – Nepal Press

ओली ‘चीनको गुलाम’ भन्दै भारतीय अखबारमा सत्ता गठबन्धनको खबर : कसले के लेखे ?

काठमाडौँ । हिजो मध्यरातमा भएको नेपाली कांग्रेस तथा नेकपा एमालेको सत्ता गठबन्धनलाई लिएर भारतीय मिडियाहरूले विभिन्न समाचार बनाएका छन् ।

भारतको हिन्दी भाषाको अखबार नवभारत टाइम्सले ओलीलाई ‘चीनको गुलाम’ तथा ‘पल्टुराम’ भन्दै चर्को आलोचना गरेको छ ।

उसले नेपाल चीनको जालमा फसेको दाबी गरेको छ । यस्तै नेपाली कांग्रेसलाई भने नवभारत टाइम्सले भारत समर्थक पार्टी भन्दै व्याख्या गरेको छ ।

उसले कांग्रेसका प्रवक्ताले बिआरआईमा नेपालले ऋण नलिने तर अनुदान मात्रै लिने बताएको भन्दै उसले सत्ता गठबन्धनको समाचारमा जोडेको छ ।

उसो त नवभारत टाइम्सले आजै प्रकाशन भएको समाचारमा चीनले हनिट्रयाप गरेर भारतलाई पञ्चशीलमा हस्ताक्षर गर्न बाध्य गराएको अर्को समाचार पनि लेखेको छ ।

जवाहरलाल नेहरुलाई लक्षित गरेर यस्तो समाचार प्रकाशन भएको छ ।

यस्तै भारतको टाइम्स अफ इन्डियाले मध्यरातमा नेपालमा नयाँ सत्ता समीकरण भएर दुई प्रमुख दलहरूको सत्ता गठबन्धन बनेको बताएको छ । ओली अब प्रधानमन्त्री बन्ने खबर उसले प्रकाशन गरेको छ । ओली डेढ वर्ष र बाँकी वर्ष देउवा प्रधानमन्त्री बन्ने टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

यस्तै भारतको बिजनेस ट्याण्डर्ड अखबारले ७२ वर्षका ओली र ७८ वर्षका देउवाले सत्ता गठबन्धन बनाएको भारतीय सरकारी समाचार एजेन्सी पीटीआईको समाचार साभार गरेर उल्लेख गरेको छ ।


प्रतिक्रिया

One thought on “ओली ‘चीनको गुलाम’ भन्दै भारतीय अखबारमा सत्ता गठबन्धनको खबर : कसले के लेखे ?

  1. तुम्हारे मानसपटल मे अभितक हबेलायतिका गुलामी के किडा रह रहा है। नेपाल के सत्ता परिवर्तन नेपालके आन्तरिक मामला है। तुमलोग जिसके गुलाम हुए हो न , नेपालके वीर योद्दा ने लडाइँ से बेलायतीको तलवार और खुकुरी से भगाया है ।नेपाल राष्ट्र आजतक न किसिका गुलाम हुवा है , न कि नेपालके कोहि भि नेता ? 🇳🇵🇳🇵🇳🇵खबरदार : गुलाम लोग🇨🇮🇨🇮

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर