कांग्रेस-एमाले गठबन्धनलाई जसपा नेपालले साथ दिने – Nepal Press

कांग्रेस-एमाले गठबन्धनलाई जसपा नेपालले साथ दिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढाल्न कांग्रेस र एमाले गठबन्धनलाई आफ्नो पार्टीको समर्थन रहने बताएका छन् ।

यद्यपि, नयाँ सत्ता सहकार्यको विषयमा गाइँगुइँ कुरा भएपनि आफूहरूसँग औपचारिक रूपमा छलफल भने नभएको उनले बताए । प्रचण्डले सत्ता जोगाउन आफ्नो पार्टी फुटाइदिएको भन्दै उपेन्द्रले असन्तुष्टि पोख्दै आएका छन् ।

उनले भने, ‘हामीसँग छलफल नभएपनि हाम्रो समर्थन, सहयोग र साथ रहन्छ ।’

भनेपछि सरकारमा जान तयार हुनुहुन्छ ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘सरकारमा जाने कुरा त हामीले अहिले सोचेकै छैनौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर