एमालेसँगको सहमति अनुमोदन गर्न देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक – Nepal Press

एमालेसँगको सहमति अनुमोदन गर्न देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

भोलि ९ बजे बस्ने गरी सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानीलकण्ठमा बैठक बोलाएका हुन्।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।

कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने सहमति गरेको छ।

प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार भोलि बस्ने यो बैठकले एमालेसँगको सहमति अनुमोदन गर्नेछ।

कांग्रेसले प्रचण्ड सरकार ढालेर एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने सहमति गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर