भारी वर्षाले जनकपुरधाममा डुबान, जनजीवन प्रभावित – Nepal Press

भारी वर्षाले जनकपुरधाममा डुबान, जनजीवन प्रभावित

जनकपुरधाम । सोमवार राति भएको भारी वर्षाले मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिका जलमग्न बनेको छ ।

पानीको निकास नभएपछि जताततै वर्षाको पानी जमेको छ । कैयौँ घर र पसल डुबानमा परेका छन् । प्रदेश प्रहरी कार्यालय र राष्ट्रिय समाचार समिति (रासस)को कार्यालयमा पानी पसेको छ ।

प्रादेशिक अस्पतालमा पनि बिहान पानी जमेको थियो । ऐतिहासिक बारहविघा मैदान विशाल पोखरीमा परिणत भएको छ । सोमवार रातिको वर्षाको जनकपुरधामको जनजीवन अस्तव्यस्त बनाएको छ ।

जनकपुरधाम सामान्य वर्षा हुँदा पनि डुबानमा पर्छ, यसको मुख्य कारण हो- पानीको निकास नहुनु । सडक निर्माण गर्दा नाला ९ढल० प्राय स्थानमा बनेको छ । तर ढलको पानी कहाँ निकाल्नेतर्फ ध्यान नदिएपछि डुबानमा पर्ने समस्या छ ।

कैयौँ घर, पसल र कार्यालय डुबानमा परे पनि पानीको निकास गराउन उपमहानगरपालिकाले ध्यान नदिएको स्थानीयको गुनासो छ । यसबारे बुझ्न यहाँका मेयर मनोज साहलाई सम्पर्क गर्दा हुन सकेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर