उपसभामुख रानामगर र सांसद सुहाङसहितको टोली चीन प्रस्थान – Nepal Press

उपसभामुख रानामगर र सांसद सुहाङसहितको टोली चीन प्रस्थान

काठमाडौं । उपसभामुख इन्दिरा रानामगर सात दिने औपचारिक भ्रमणका लागि मङ्गलवार चीन प्रस्थान गरेकी छन् ।

उपसभामुख रानामगर चीनको स्वशासित क्षेत्र तिब्बतमा जुलाई २ देखि ५ सम्म आयोजना हुने चौथो चाइना सिज्याङ ट्रान्स–हिमालयन फोरम फर इन्टर नेशनल कर्पोरेसशनमा भाग लिन मङ्गलवार मध्यान्ह १२ बजे छेन्दु तर्फ प्रस्थान गरेकी हुन् ।

उनले उक्त फोरममा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भ्रमण दलमा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङ र उपसभामुखका स्वकीय सचिव कुमार नेपाली पनि सहभागी भएका छन् ।

हिमाली क्षेत्रका यातायात, कृषि तथा औद्योगिक क्षेत्रका साझा मुद्दाका बारेमा चासो राख्ने फोरमको रूपमा रहेको छ । उपसभामुख रानामगर असार २४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर