कांग्रेस–एमाले मिलनमा नेकपा एसको प्रतिक्रिया- ठूला दल मिलेर तानाशाही सरकार बनाउन खोज्दैछन् – Nepal Press

कांग्रेस–एमाले मिलनमा नेकपा एसको प्रतिक्रिया- ठूला दल मिलेर तानाशाही सरकार बनाउन खोज्दैछन्

सत्ता सम्झौताका लागि मर्मविपरीत संविधान संशोधन गर्छौँ भन्ने कुरा अस्वीकार्य

काठमाडौं । नेकपा एकीकृत समाजवादीले कांग्रेस–एमाले सत्ता गठबन्धनलाई चरम अवसरवादको संज्ञा दिएको छ।

कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति भएपछि नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले संसदका ठूला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति भएको टिप्पणी गरे।

उनले भने, ‘बहुदलीय राजनीतिको अपचलन संस्कृति हो। मुलुकलाई अस्थिरताको चक्रब्यूहमा फसाउने काम हो। दुई ठूला दल मिलेर सत्ता चलाउने कुरा नमिल्दो कुरा हो। यो लोकतन्त्रका निम्ति पनि खतरा हो। प्रणालीलाई कमजोर पार्ने काम भएको छ।’

सत्ता सम्झौतालाई लिएर संविधानको मर्मविपरीत संविधान संशोधन गर्छौँ भन्ने कुरा अस्वीकार्य भएको बताए।


प्रतिक्रिया

One thought on “कांग्रेस–एमाले मिलनमा नेकपा एसको प्रतिक्रिया- ठूला दल मिलेर तानाशाही सरकार बनाउन खोज्दैछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर