सेभनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले सुरु गर्‍याे अनलाईन टिकेटिङ – Nepal Press

सेभनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले सुरु गर्‍याे अनलाईन टिकेटिङ

काठमाडौं । सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले अनलाइन ट्राभल एजेन्सी सेभेनस्टार डट्कमको औपचारिक सञ्चालनमा ल्याएको छ । अबदेखि विश्वका जुनसुकै स्थानमा रहेर पनि आन्तरिक र बाह्य हवाई टिकट अनलाईनबाटै काट्न सकिने कम्पनीले जनाएको छ। लामो शोध र अनुसन्धानपछि इसेभेनस्टार डटकम नामक अनलाईन टिकेटिङ एजेन्सी सञ्चालनमा ल्याएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

एक दशक लामो यस क्षेत्रमा रहेको अनुभवलाई प्रयोग गरेर हवाई टिकेटिङ सेवाका लागि डिजिटल प्लेटफर्मको निर्माण गरीएको कम्पनीका प्रबन्ध निर्देशक शिव शर्मा बास्तोलाले बताए। ‘विश्व डिटिटलाईजेसन तर्फ अगाडि बढी रहँदा अवको भविष्य र व्यावसायिकता समेत यसैसँग जोडिने प्रष्ट देखिएकाले हामीले आफ्नो ओटिए (अनलाईन ट्राभल एजेन्सी) सञ्चालनमा ल्याएका हौँ ।’ कम्पनीका प्रबन्ध निर्देशक शिव शर्मा बास्तोला भन्छन्, ‘यस सँगै हाम्रो पहुँच विश्व भरको बजार र विश्व भर छरिएर रहेका उपभोक्तामा पुगेको छ । हामी हाम्रा ग्राहकलाई २४ सै घण्टा सेवा प्रदान गर्न सक्षम भएका छौँ ।’

अनलाईनमा काटिएको टिकटको भुक्तानी नेपाली वा विदेशी बैँकका भिसा, मास्टरकार्ड तथा अन्य कार्डहरू, ईसेवा, खल्ती जस्ता डिजिटल वालेट तथा कनेक्ट आईपिएस लगायतका भुक्तानी सेवा प्रदायक बाट सोझै तिर्न कम्पनीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर