कांग्रेस-एमाले गठबन्धनलाई अशोक राईको पार्टीले समर्थन गर्छ ? – Nepal Press

कांग्रेस-एमाले गठबन्धनलाई अशोक राईको पार्टीले समर्थन गर्छ ?

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) कांग्रेस-एमाले गठबन्धनलाई सहयोग गर्ने नगर्ने भन्ने विषयमा ‘पर्ख र हेर’को अवस्थामा रहेको जनाएको छ।

विकसित घटनाक्रमको बारेमा पार्टीमा अनौपचारिक रूपमा छलफल भइरहेको महासचिव मोहम्मद इस्तियाक राईले बताए।

उनले भने, ‘पदाधिकारी बैठक बस्ने भन्ने थियो। तर, बनेन। हामी अनौपचारिक छलफलमा छौँ। विकसित घटनाक्रमको बारेमा छलफल भइरहेको छ।’

दुई दलबीच मात्रै सहमति भएकाले सरकारबारे अहिले कुनै निर्णय नभएको बताए।

यो गठबन्धनलाई समर्थन गरेर सरकारमा जाने सम्भावना छ ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘यो त दुई दलले मात्रै समर्थन गरेका हुन्। हामीलाई कुनै जानकारी छैन। अब सरकारमा जाने नजाने भन्ने विषयमा उहाँहरूबाट कस्तो प्रस्ताव आउँछ भन्ने कुरामा निर्भर रहन्छ। उहाँको प्रस्तावपछि बसेर छलफल होला।’

त्यसो त उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले भने कांग्रेस एमाले गठबन्धनलाई सहयोग गर्ने जनाइसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर