भ्रष्टाचारको फाइल खोलेपछि कसलाई जोगाउन रातारात समीकरण फेरियो, जनताले बुझेका छन्: गृहमन्त्री (भिडिओ) – Nepal Press

भ्रष्टाचारको फाइल खोलेपछि कसलाई जोगाउन रातारात समीकरण फेरियो, जनताले बुझेका छन्: गृहमन्त्री (भिडिओ)

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खुलेपछि सत्ता समीकरण फेरिएको दाबी गरेका छन् । सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले ठूला फाइल पल्टाएपछि एक रात पनि समीकरण टिक्न नदिएको जिकिर गरे ।

उनले भने, ‘तपाईंहरु नै फाइल खोल्नुपर्‍यो भन्नुहुन्थ्यो । भ्रष्टाचारको फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भयो, यसलाई के भन्नु र मैले ?’

भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि सत्ता समीकरण फेरियो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘यो बेचैनीको अर्थ के होला ? यसको के अर्थ होला ? एकाएक संविधान जोगाउन सक्ने चिन्ता कहाँबाट आयो ? यो त सबैले बुझेकै कुरा हो । अब यसको संवैधानिक प्रक्रियाहरु सुरु होला ।’

दुई ठूला दल मिलेपछि देशमा अहिले के संकट आउँदैछ भन्दै उनले प्रश्न गरे ।

उनले भने, ‘अहिले सुशासनका लागि केही मान्छेहरु पक्राउ परे ? यो देशका लागि संकट थियो कि केही भ्रष्ट मानिसहरुलाई आउन लागेको थियो । कसलाई जोगाउन खोज्या यो ? कसलाई जोगाउन रातारात परिवर्तन भयो होला ? यति पनि बुझ्न सकिँदैन र ? जनताले राम्रोसँग बुझेका छन् ।’


प्रतिक्रिया

One thought on “भ्रष्टाचारको फाइल खोलेपछि कसलाई जोगाउन रातारात समीकरण फेरियो, जनताले बुझेका छन्: गृहमन्त्री (भिडिओ)

  1. रबि लामिछानेले कुन फाइल खोल्छन् ? स्वयमको फाइल लुकाउन महान्यायधिबक्तालाइ दुरूपयोग गरेका छन् । उनले कसको फाइल खोल्ने स्वयमको फाइल गगन थापाले खोल्छन की भन्ने त्रास भने भएको होला । सर्वोच्च अदालतमा पेशी तोकीएको पनि याद नै होला क्यार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर