राजेशपायलकी पूर्वपत्नीलाई मध्यरातमा ‘बुढा’ को यादले सताएपछि… – Nepal Press

राजेशपायलकी पूर्वपत्नीलाई मध्यरातमा ‘बुढा’ को यादले सताएपछि…

काठमाडौं । गायक राजेश पायल राई र उनी पत्नी साङबुङले कानूनीरुपमा सम्बन्ध विच्छेद गरेर आआफ्नो बाटो लागिसकेका छन् । तर, यस्तो लाग्छ कि साङबुङले भने अझै पनि पूर्वपतीलाई आफ्नो मनबाट भने निकाल्न सकिरहेकी छैनन् ।

हिजो मध्यरातमा साङबुङले गरेको पोस्ट यसैको प्रमाण हो, जुन उनले अहिलेसम्म डिलिट गरेकी छैनन् । राति ११ः२७ मा उनले ‘मेरो पनि त मनै हो कति धेरै माया छ, तिम्रो पनि त मनै हो किन निष्ठुरी रहेछ…’ बोलको गीतमा एउटा भिडियो बनाएर पोष्ट गरेकी थिइन् । उक्त भिडियोमा उनले ‘मिस यु…’ लेखेर रोएको इमोजी राखेकी छन् ।

यो पोस्टमा उनले कसलाई मिस यु भनेको हो भन्ने खुल्दैन । कमेन्टमा एकजनाले सोधेका छन्, ‘कसलाई हो ?’ जवाफमा साङबुङले लभ इमोजीसहित लेखेकी छन्, ‘बुढालाई ।’

साङबुङ र राजेशपायलबीच गत चैतमा डिभोर्स भएको थियो । त्यसयता उनीहरू दुवै एक–अर्काबाट फुक्का भइसकेका छन् । दुवैले अको विवाह गरेका छैनन् । त्यसैले साङबुङले ‘बुढा’ भनेर राजेशपायललाई नै ईंगित गरेको बुझ्न सकिन्छ । यो पोस्टभन्दा केही घन्टा अगाडि पनि साङबुङले ‘मिस यु’ भन्दै भिडिओ स्टोरी हालेकी थिइन् ।

अहिले मात्र होइन, यसअगाडि पनि साङबुङले पटक पटक राजेशपायलप्रति रुझान देखाइरहेकी छन् । पूर्वपतिप्रति उनमा तिक्तताभन्दा प्रेम नै झल्किन्छ । केही दिनअगाडि साङबुङ र राजेशपायलले छोराको जन्मदिन सँगै मनाएको भिडियो सार्वजनिक भएको थियो ।

राजेशपायल भने अहिले सांगीतिक कार्यक्रमका सिलसिलामा विदेश यात्रामा छन् । उनले शनिबार दुबईमा प्रस्तुति दिएका थिए ।


प्रतिक्रिया

One thought on “राजेशपायलकी पूर्वपत्नीलाई मध्यरातमा ‘बुढा’ को यादले सताएपछि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर