कांग्रेस-एमाले सहकार्य प्रभाव: दुई पटक सर्किट ब्रेकपछि ४७ अंकले बढेर २१ सयमा अडियो नेप्से – Nepal Press

कांग्रेस-एमाले सहकार्य प्रभाव: दुई पटक सर्किट ब्रेकपछि ४७ अंकले बढेर २१ सयमा अडियो नेप्से

काठमाडौं । दोस्रो सर्किट ब्रेकपछि शेयर बजार ४७.०४ अंकले बढेको छ । मंगलबार बजार खुलेपछि दुई पटकसम्म सर्किट ब्रेक लगेको नेप्से परिसूचक अन्ततः ४७.०४ अंकले बढेर २१००.४३ को बिन्दुमा अडिएको छ ।

यस दिन बजारमा १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता सेयरको खरिदबिक्री हुँदा ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ । मंगलबार प्रिओपन सेसनबाटै दोहोरो अंकले बढ्दै गएको नेप्से तीव्र उतारचढावपछि बिस्तारै सम्हालिदै गएको थियो ।

कारोबारका आधारमा यस दिन १२ करोड ३३ लाख ८५ हजार रुपैयाँको कारोबारका साथ एनआरएन इन्फास्टकचर एन्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रहेको छ ।

यस्तो रह्यो उतारचढावः

बजार खुलेको एक मिनेटमै पहिलो सर्किट ब्रेक लगेर २० मिनेटका लागि कारोबार बन्द भएको थियो । जहाँ एक मिनेटमै ८२.४८ अंकले २१३५.८७ को बिन्दुमा पुगेको थियो ।

पहिलो सर्किट ब्रेकपछि २० मिनेटका लागि बन्द भएको बजार ११ बजेर २१ मिनेटमा खुलेको थियो । पहिलो सर्किटपछि खुलेको बजार एक मिनेट पनि नहुँदै ११ बजेर २१ मिनेटमै दोस्रो सर्किट ब्रेक लागेको थियो ।

दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०२.६८ अंकले बढेर २१५६.०७ बिन्दुमा अडिएको थियो । दोस्रो सर्किट लाग्दा ३ लाख ४६ हजार ५३५ कित्ता शेयरको खरिदबिक्री हुँदा १४ करोड १७ लाख ७३ हजार रुपैयाँको कारोबार भएको थियो ।

शेयर बजारमा एक घण्टाअघि ४ प्रतिशतले नेप्से परिसूचक बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले नेप्से परिसूचक बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ । त्यसै गरी ६ प्रतिशतले परिसूचक बढेमा दिनभरिको कारोबारमा ब्रेक लाग्ने गर्दछ । अर्थात् दिनभरको कारोबार नै बन्द हुने गर्दछ ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर