एकल महिला सुरक्षा कोषलाई कार्यविधि बनाएर सञ्चालन गर्न माग – Nepal Press

एकल महिला सुरक्षा कोषलाई कार्यविधि बनाएर सञ्चालन गर्न माग

काठमाडौं । एकल महिला सुरक्षा कोषलाई कार्यविधि बनाएर सञ्चालन गर्न माग गरेका छन् । एकल महिलाहरुको अवस्था दयनीय बन्दै गएको भन्दै एकल महिलाहरुले यस्तो माग गरेका हुन् ।

आज राष्ट्रिय महिला आयोगमा आयोजित एकल महिलाहरुको सुरक्षा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत पृष्ठपोषणको लागि राष्ट्रियस्तरका सरोकारवालाहरुसँग गरिएको अन्तक्रिया कार्यक्रममा एकल महिलाहरुले आफूलक्षित कोष सञ्चालन गर्न सामुहिक रुपमा आवाज उठाएका हुन् ।

दोस्रो कार्यविधि नबनेकै कारण ५ वर्षदेखि बजेट फ्रिज भएको उनीहरुले गुनासो गरेका छन् । महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा ५ वर्षदेखि एकल महिलाको लागि छुट्याइएको ५ करोड बजेट फ्रिज भएर बसेको मानव अधिकार आयोगकी सदस्य लिली थापाले बताइन् । उनले जतिसक्दो चाँडो कार्यविधि बनाएर उक्त रकम एकल महिलाको हकहितमा प्रयोग गर्न आग्रह गरिन् ।

उनले यसविषयमा पटकपटक महिला मन्त्रालयमा पत्र पठाएपनि कार्यान्वयन नभएको गुनासो गरिन् । महिला मन्त्रालयको लाचारीपनले लाखौं एकल महिला प्रभावित भएको उनले बताइन् । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार २०७८ को जनगणना अनुसार १ लाख ८१ ह्जार १५५ जना एकल महिला छन् ।

एकल महिलाको पीडामा बुझेर पनि बुझपचाउने धेरै भएको र अब हरेक कोटामा समानुपातिक रुपमा राखिनुपर्ने अभिवक्ता तथा डब्लु एचआरकी अध्यक्ष कविता पाण्डेले बताइन् । एकल महिलालाई स्थानीय तहले समेत भेदभाव गरेको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर