विदेशी शिक्षण संस्थालाई अनुमति दिने समितिमा शिक्षामन्त्री नराख्न सिफारिस (प्रतिवेदनसहित) – Nepal Press

विदेशी शिक्षण संस्थालाई अनुमति दिने समितिमा शिक्षामन्त्री नराख्न सिफारिस (प्रतिवेदनसहित)

काठमाडौं । विदेशी शिक्षण संस्थालाई नेपालमा अनुमति दिने सिफारिस समितिको अध्यक्ष शिक्षामन्त्री रहने व्यवस्था खारेज गर्न सुझाव दिइएको छ ।

नेपालमा सञ्चालित विदेशी शिक्षण संस्था अध्ययन गर्न गठित समितिले विश्व विद्यालयको प्राध्यापकको संयोजकत्वमा सम्बन्धित विषय विज्ञसमेत रहने छुट्टै सिफारिस समिति गठन गर्न सुझाव दिएको हो ।

पूर्वसचिव शंकर कोइरालाको संयोजकत्वमा गठित समितिले मन्त्रीको अध्यक्षतामा सिफारिस तथा अनुगमन समिति रहने र सोही समितिले सिफारिस गरेकोलाई मन्त्रालयले निर्णय गर्ने व्यवस्था तटस्थ र निष्पक्ष नभएको बताएको छ ।

समितिले प्रतिवेदनमा भनेको छ, ‘वर्तमान निर्देशिकामा व्यवस्था गरिएको मन्त्रीको अध्यक्षतामा गठन गरिएको सिफारिस समितिलाई खारेज गर्ने र त्यसको सट्टा विश्वविद्यालयको प्राध्यापकको संयोजकत्वमा सम्बन्धित विषय विज्ञसमेत रहने गरी छुट्टै सिफारिस समिति गठन गर्ने र सो समितिको सिफारिसको आधारमा शिक्षा मन्त्रालयले अनुमति दिने व्यवस्था गर्ने ।’

समितिले विश्वविद्यालयको प्राध्यापक संयोजक, विषय विज्ञ सदस्य र मन्त्रालयको उच्च शिक्षा महाशाखाको सहसचिव सदस्य सचिव रहने गरी सिफारिस समिति गठन गर्न सुझाव दिएको छ ।

संयोजकको पदावधि दुई वर्षको र विषय विज्ञको आवश्यकताअनुसार सिफारिस अवधिभर हुनुपर्ने सुझाव दिएको छ । साथै संयोजकको योग्यता विद्यावारिधि उपाधि हासिल गरी विश्वविद्यालयको प्राध्यापक भई कम्तीमा ३ वर्ष अध्यापनको अनुभव भएको हुनुपर्ने उल्लेख छ ।

विषय विज्ञको योग्यता सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी १० वर्ष अध्यापन गरेको अनुभव भएको हुनुपर्ने सुझाव दिइएको छ ।

प्रतिवेदन:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *