पोखरा महानगरमा अख्तियारको छापा, मणिपालको २० करोड राजस्व छुटमा अनुसन्धान सुरू – Nepal Press

पोखरा महानगरमा अख्तियारको छापा, मणिपालको २० करोड राजस्व छुटमा अनुसन्धान सुरू

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखरा महानगरपालिकामा छापा हानेको छ ।

मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको विषयमा छानबिन गर्न अख्तियारले मङ्गलवार महानगरमा छापा हानेको हो ।

छापाबाट विभिन्न कागजात नियन्त्रणमा लिइएको अख्तियार पोखरा कार्यालयका सूचना अधिकारी जगदीशचन्द्र सिवाकोटीले जानकारी दिए ।

‘मणिपालको विषयमा बाहिर आएकै कुरा हो । यस विषयमा छानबिनका लागि हामीले छापा हानेको हौँ । केही कागजात बरामद गरिएको छ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर