बीबीसी प्रस्तोताको ट्विट- ‘म बाइडेन भएको भए ट्रम्पको हत्या गर्ने थिए’ – Nepal Press

बीबीसी प्रस्तोताको ट्विट- ‘म बाइडेन भएको भए ट्रम्पको हत्या गर्ने थिए’

काठमाडौँ । बीबीसीका एक कार्यक्रम प्रस्तोता डेभिड आरोनोभिचले आफू अमेरिकी राष्ट्रपति जो बाइडेन भएको भए पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने बताएका छन् ।

सामाजिक सञ्जाल एक्स (साबिकको ट्विटर) मा लेख्दै उनले आफू बाइडेन भएको भए ट्रम्पलाई अमेरिकाको राष्ट्रिय सुरक्षा खतरा भनेर हत्या गर्ने बताएका छन् ।

उनले लेखेको ट्विटको सर्वत्र आलोचना भयो । आलोचनासँगै उनले ट्विट डिलिट पनि गरेका छन् । तर, रुसी विश्व च्यानल आरटीले त्यो ट्विटको स्किृनसट राखेर समाचार बनाएको छ ।

अमेरिकी सर्वोच्च अदालतले ट्रम्पलाई कारबाही गर्न मिल्दैन भन्ने फैसला गरेपछि बीबीसी पत्रकार डेभिडको यस्तो प्रतिक्रिया आएको हो ।

राजनीतिक मुद्दामा मुखर हुन कर्मचारीहरूलाई नियमै बनाएर बन्देज गरेको बीबीसीले डेभिटको कमेन्टबारेमा भने अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन ।

चौतर्फी आलोचना भएपछि डेभिडले आफ्नो पोस्ट व्यङ्ग मात्रै भएको जिकिर गरेको आरटीले उल्लेख गरेको छ । बीबीसी रेडियो ४ को कार्यक्रम ‘ब्रिफिङ रुम’का सञ्चालक हुन डेभिड ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर