सन्दीप लामिछानेलाई भरतपुर महानगरको सम्मान – Nepal Press

सन्दीप लामिछानेलाई भरतपुर महानगरको सम्मान

चितवन । भरतपुर महानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई सम्मान गरेको छ ।

महानगरले आज विशेष कार्यक्रम आयोजना गरी एक लाख रुपियाँ नगदसहित सम्मान गरेको हो । भरतपुर महानगरवासी भएको र विश्वकप क्रिकेट खेलेको भन्दै महानगरले सम्मान गरेको जनाएको छ ।

महानगरभित्र बसोबास गर्ने खेलाडीहरुलाई यसअघि पनि प्रोत्साहन गर्न सम्मान गर्ने गरिएकोमा चितवन आएको अवसरमा विशेष कार्यक्रम गरी सम्मान गरिएको महानगरका सञ्चार विज्ञ सुरेशचन्द्र अधिकारीले जानकारी दिए ।

लामिछानेले भरतपुर महानगर भित्र घर बनाउन लागेका जनाइएको छ ।

विश्वकप क्रिकेट खेलेर स्वदेश फर्किएका लामिछानेले राम्रो क्रिकेट खेलेर देशको इज्जत बढाएकाले महानगर प्रमुख रेनु दाहाल उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संयुक्त रूपमा सम्मान गरेको जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *