भुटानमा पूजाआजापछि आजबाट तेस्रो हेलिकप्टर सञ्चालनमा – Nepal Press

भुटानमा पूजाआजापछि आजबाट तेस्रो हेलिकप्टर सञ्चालनमा

काठमाडौं । हिमाली राजतन्त्रात्मक मुलुक भुटानले आजबाट नयाँ हेलिकप्टर सेवा थपेको छ ।

बौद्ध धर्मको पूजाआजापछि आज नयाँ हेलिकप्टर सेवा सञ्चालनमा ल्याइएको भुटानको शाही विमान सेवा ड्रूक एयरले उल्लेख गरेको छ ।

यस अगाडि भुटानमा दुई हेलिकप्टर सञ्चालनमा थिए । अगामी तीन महिनामा अर्को नयाँ हेलिकप्टर थपिने भएको छ । त्यो थपिएसँगै भुटानमा हेलिकप्टर संख्या चार पुग्नेछ ।

ड्रूक एयरका अनुसार भुटानमा मेडिकल ओसारपसार, खोज उद्धार, पर्यटन तथा तीर्थाटनमा नयाँ हेलिकप्टर प्रयोग हुने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर