प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारी नियुक्त
नेपाल प्रेस
२०८१ असार १८ गते १७:१२
काठमाडौं । प्रतिनिधिसभाको सचिवमा पूर्वसचिव सुरेश अधिकारी नियुक्त भएका छन् । सभामुख देवराज घिमिरेको सिफारिसबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई सचिवमा नियुक्त गरेका हुन् ।
संखुवासभा खाँदबारी नगरपालिका-२ निवासी अधिकारी केही समयअघि शिक्षा मन्त्रालयको सचिवबाट अवकाश भएका थिए । अधिकारिसँग निर्वाचन आयोग, पर्यटन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन साथै अख्तियारमा बसेर काम गरेको अनुभव छ ।
प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिव नियुक्त भएपछि २०८० साल माघ २३ देखि सचिव पद रिक्त थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर