संविधान संशोधनको पक्षमा उभिएका लिङ्देनलाई प्रश्न : कांग्रेस-एमाले सरकारलाई समर्थन गर्नुहुन्छ ? – Nepal Press

संविधान संशोधनको पक्षमा उभिएका लिङ्देनलाई प्रश्न : कांग्रेस-एमाले सरकारलाई समर्थन गर्नुहुन्छ ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमालेले संविधान संशोधनसहित सरकार बनाएर अघि बढ्ने सहमति गरेको कदम सकारात्मक भएको बताएका छन्।

आज बसेको पदाधिकारी बैठकमा ठूला दुई दलले चालेको कदमपछिको परिस्थितिबारे छलफल भएको बताए।

उनले भने, ‘उहाँहरूले संविधान संशोधनको कुरा उठाउनुभएको छ त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौं। राप्रपाले नै संविधानमा संशोधन र नयाँ सहमतिको विषय उठाएका थियौँ, त्यसलाई सकारात्मक रूपमा लिएका छौँ।’

त्यसो भए यो सरकारमा समर्थन गर्छ कि गर्दैन भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘उहाँहरूको धारणा डिटेलमा आओस् त्यसपछि मात्रै हामी धारणा बनाउँछौँ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर