पर्यटक ओइरिएर भुटानमा सवारी, चालक र पथप्रदर्शकहरूको अभाव – Nepal Press

पर्यटक ओइरिएर भुटानमा सवारी, चालक र पथप्रदर्शकहरूको अभाव

काठमाडौं । भुटानमा पर्यटकहरूको ओइरो लागपछि आवश्यक सवारीहरू, चालकहरू र पथप्रदर्शकहरूको अभाव भएको छ ।

भुटानी अखबार कुन्सेलले लेखे अनुसार भुटानका सांसद लाक्पा छिरिङ तामाङले यस्तो बताएका हुन् ।

उनले भुटानी सदनमा उद्योग, वाणिज्य तथा रोजगारमन्त्री नाम्ग्याल दोर्जीसँगको सवाल जवाफमा यस्तो बताएका हुन् ।

झण्डै आठ लाख जनसंख्या भएको भुटानमा पछिल्ला पाँच महिनामा ६४ हजार ९४१ पर्यटकहरू भित्रिएका थिए ।

हालसम्म भुटानमा १ हजार ७७७ पथप्रदर्शक, ९५० ट्राभल एजेन्ट, ३८४ तारे होटल तथा १२० घरबास सेवा रहेका छन् ।

भुटानको जारी १३ औँ पन्चवर्षीय योजनाको समयमा १३ देखि १४ अर्ब भारु पर्यटनबाट कमाउने भुटान सरकारको लक्ष्य भएको कुन्सेल अखबारले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर