सरकारी जागिरमा आरक्षण लागू गरिएपछि बंगलादेशको राजधानीमा प्रदर्शन – Nepal Press

सरकारी जागिरमा आरक्षण लागू गरिएपछि बंगलादेशको राजधानीमा प्रदर्शन

काठमाडौं । सरकारी जागिरमा आरक्षण लागु गरिएपछि बंगलादेशको राजधानी ढाकामा प्रदर्शन भएको छ ।

बंगलादेशको अंग्रेजी भाषाको अखबार डेली स्टारका अनुसार आरक्षण लागु गरिएपछि हजारौँ विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । उनीहरूले शाबाग चौबाटो बन्द गरेर प्रदर्शन गरेका छन् ।

आज स्थानीय समय अनुसार पौने चार बजे जम्मा भएर उनीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शन गर्ने विद्यार्थीहरू ढाका विश्वविद्यालयका थिए ।

सन २०१८ मा सरकारले बंगलादेशका स्वतन्त्रता सेनानीका सन्तानलाई ३० प्रतिशत कोटा दिन बन्द गरेको थियो । तर, गत जुन ५ मा बंगलादेशको उच्च अदालतले त्यो खारेज गरिदियो ।

त्यसपछि बंगलादेशका विद्यार्थीहरूको प्रदर्शन सुरु भएको डेली स्टारले उल्लेख गरेको छ । सन २०१८ मा पनि विद्यार्थीहरूले कोटा विरुद्ध आन्दोलन गरेका थिए ।

उनीहरूको माग स्वतन्त्रता सेनानीका सन्तानलाई ३०, १० प्रतिशत महिला, १० प्रतिशत जिल्लागत प्रतिनिधित्व र ५ प्रतिशत अल्पसंख्यक तथा १ प्रतिशत अपांगता भएकाहरूलाई राखेर आरक्षणको भाग ५६ प्रतिशत र खुला ४४ मात्रै भएकोमा उनीहरूको विरोध थियो ।

उनीहरूले आरक्षण १० प्रतिशत मात्रै हुनुपर्ने माग गरेका थिए । सरकारले यो माग पुरा गरेको थियो ।

आरक्षण कोटामा जागिरमा आएका आवेदकहरूको योग्यता नपुगेमा खुलाबाटै तान्न सकिने नियम ल्याएको थियो । यही कुरा उच्च अदालतले उल्टाएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर