प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न एमालेको आग्रह, सबै दलहरुलाई सरकारमा सहभागी हुन आह्वान (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न एमालेको आग्रह, सबै दलहरुलाई सरकारमा सहभागी हुन आह्वान (भिडिओ)

काठमाडौं । नेकपा एमालेले नयाँ राजनीतिक विकासक्रमसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।

आज बसेको सचिवालय बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउन योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गर्ने निर्णय पनि गरेको छ ।

आज बसेको एमाले सचिवालय बैठकले यो निर्णय गरेको हो ।

बैठकपछि बोल्दै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस र एमालेबीचमा भएको राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई पार्टीले स्वागतसहित समर्थन गर्ने निर्णय गरेको जानकारी दिए ।

‘त्यसरी बन्ने सरकारमा सहभागी भएर राजनीतिक स्थायित्व र समृद्धिका लागि योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गरेका छौं । नयाँ सरकार बन्ने वातावरण निर्माणका लागि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ’, उनले भने ।

एमालेका मन्त्री कहिले फिर्ता हुन्छन् भन्ने प्रश्नमा ज्ञवालीले स्पष्ट जवाफ दिएनन् । उनले यो गठबन्धनमा एमालेले ब्ल्यांक चेकमा सही गरेजसरी यो सरकार बनाउन निर्णायक भूमिका खेलेको बताए ।

‘प्रचण्डले धेरै गठबन्धन सरकार चलाउनुभयो । तर, यो गठबन्धन जति सहज र रचनात्मक सहयोगी सत्ता साझेदार उहाँले अनुभव गर्नुभएको छैन होला’, उनले थपे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर