प्रधानमन्त्रीले नै कांग्रेससँग वैकल्पिक सरकारको पहल गरेपछि यो परिणाम आएको हो : ज्ञवाली (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीले नै कांग्रेससँग वैकल्पिक सरकारको पहल गरेपछि यो परिणाम आएको हो : ज्ञवाली (भिडिओ)

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सत्ता समीकरण बदल्न वातावरण बनाएको दाबी गरेको छ ।

आज बसेको सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सुरुमा प्रधानमन्त्रीबाट कांग्रेससँग राष्ट्रिय सहमितको सरकारका लागि प्रस्ताव गरिएको दाबी गरे ।

पत्रकारसँग ज्ञवालीको भनाइः

हामीले सत्ता समिकरणमा हदैसम्मको लचकता अपनाएका थियौं । केही विषयहरु थिए तर सत्ता सहकार्य बदल्नुपर्ने तहसम्मका थिएनन् । यही सरकार अगाड बढाइरहनुपर्छ भन्नेमा थियौं ।

तर, यस बीचमा अचानक गत हप्तादेखि राष्ट्रिय राजनीतिमा तरंग सिर्जना भयो । बहालबाला प्रधानमन्त्री स्वयम्ले वैकल्पिक सरकारको बहस सुरु गर्नुभयो । यसले हाम्रोसामू केही प्रश्न खडा भयो । कसैलाई सल्लाह नगरी प्रमुख प्रतिपक्षी दलसँग उहाँले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्यो भन्दै पहल गर्नुभयो । त्यसको औचित्य र आवश्यकता के हो ?

गत वर्ष पनि हाम्रो प्रस्तावमा प्रधानमन्त्री बन्नुभयो । तर, १५ दिन नबित्दै कांग्रेससँग विश्वासको मत लिएर एमालेलाई किकआउट गर्नुभएको हो । यो पृष्ठभूमिमा हामी सशंकित हुनु स्वभाविक हो । तर, यसपाली कांग्रेसले उहाँको प्रस्तावलाई स्वीकार गरेन ।

कांग्रेसले हामीसँग राजनीतक स्थायित्वका निम्ति फरकिलो सोचौं र तपाईंहरुले नै नेतृत्व गरेर सबैलाई समेट्ने वातावरण बनाउँ भनेर प्रस्ताव गर्यो । विदेशमा उहाँहरु जानुभएको छ । भ्रमण उहाँहरुले नै गर्नुभएको छ । आफ्नो थैलिको मुख बलियो गरी बाँध्न पर्छ अरुलाई दोष लगाउन उचित हुँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर