लोसपाले कांग्रेस-एमालेको सरकारलाई साथ दिन्छ: सहअध्यक्ष शुक्ल – Nepal Press

लोसपाले कांग्रेस-एमालेको सरकारलाई साथ दिन्छ: सहअध्यक्ष शुक्ल

रुपन्देही । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लले कांग्रेस-एमालेको नयाँ गठबन्धनलाई आफ्नो पार्टीले स्वागत गरेको बताएका छन् ।

स्थिरताका लागि उपयुक्त कदम भएको पार्टीको निष्कर्ष भएको बताउँदै उनले ढिलो भए पनि यो अहिलेको आवश्यकता भएको दलको निर्णय भएको बताए ।

अब बन्ने नयाँ सरकारमा पार्टीको सहभागिताका विषयमा पनि आफूहरु सकारात्मक भएको उनको भनाइ छ ।

रुपन्देही- ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शुक्लले जसपा, लोसपा, जनमतसहितका दलका नेताहरुले मंगलबार नै कांग्रेस-एमालेलाई यो विषयमा जानकारी दिएको बताए ।

उनले केन्द्र सरकारमा लोसपा जाँदा प्रदेशमा पनि सहभागी हुने भएकाले त्यसको ग्यारेन्टी जरुरी भएको जनाए ।

‘जब हामी दुवै पार्टी (नेपाली कांग्रेस र नेकपा एमाले)लाई सरकारमा सहयोग गर्छौं, हाम्रो पनि केही समय मुख्यमन्त्री पाउनुपर्ने अधिकार स्वाभाविक हो । लुम्बिनी र मधेश प्रदेशमा हाम्रो उपस्थिति छ । दुवै प्रदेशको नेतृत्व आलोपालो हुनुपर्छ भन्ने प्रस्ताव हामी राख्छौं’, सहअध्यक्ष शुक्लले भने ।

उनले संसदीय गणितमा प्रधानमन्त्री प्रचण्ड स्पष्ट अल्पमतमा परेपछि तत्काल मार्गप्रशस्त गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर