साल्ट ट्रेडिङले बढायो नुनको भाउ – Nepal Press

साल्ट ट्रेडिङले बढायो नुनको भाउ

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लि.ले नुनको मूल्य वृद्धि गरेको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नुनको आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।

समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको रु २३ बाट बढेर रु २६ पुगेको छ । न्यू शक्ति नून एक किलोको रु १७ रहेकामा बढेर रु २० कायम भएको छ । यस्तै भानू नुन एक किलोको मूल्य रु नौ तोकिएको छ ।

८ वर्षपछि नुनको मुल्य वृद्धि भएको हो । अझै ५ रुपैयाँ घाटा रहेको साल्ट ट्रेडिङले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर